भिमफेदी गाईज को ‘हेरी रहूँ’ बोलको नयाँ गीत रिलिज



२५ भदौ २०७५, काठमाडौँ

भिमफेदि गाईज नेपालको निकै चर्चित डान्स ग्रुप हो । विभिन्न गीतहरुमा कभर डान्स गरेर चर्चामा आउको भिमफेदि गाईजलाई आजभोली धेरै गीतहरुमा डान्स गर्नको लागि अफर आउन थालेको छ । यहि भिमफेदि गाईज को नयाँ गीत बजारमा सार्वजनिक भएको छ ।

आर.के खत्री को शब्द संगीत रहेको हेरी रहूँ बोलको गीतमा आयुफ लुईटेलको आवाज रहेको छ । गीतमा भिमफेदि गाईज र नेपालकी निकै चर्चित मोडल तथा नायिका एलिसा राईलाई फिचरिङ गराईएको छ । निकै रमाईलो शैलीको यो गीतका छायांकार पवन सुस्लिङ हुन् ।

 

प्रतिक्रिया दिनुहोस्