नेपाल आईडलका फस्ट रनर अप निशानको आवाजमा आयो ‘छक्का पञ्जा ३’ को नयाँ गीत



२५ भदौ २०७५, काठमाडौँ

पहिलो सिरिजबाट नै निकै चर्चा कमाउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ बोलको दोस्रो गीत सार्वजनिक भएको छ । प्रदर्शनमा आउनु अगावै निकै चर्चा कमउन सफल चलचित्र ‘छक्का पञ्जा ३’ को यस अघिको ‘पहिलो नम्बरमा’ बोलको गीतले दर्शकको मन जितिरहेको बेला यो चलचित्रको नयाँ गीत सार्वजनिक गरिएको हो ।

अर्जुन पोखरेल र दिपकराज गिरीको शब्द र अर्जुन पोखरेलको संगीत रहेको गीतमा नेपाल आईडल  का फस्ट रनर अप निशान भट्टराई र एन्जिला रेग्मीको आवाज रहेको छ । उक्त गीतलाई कविराज गहतराज ले कोरियोग्राफी गरेका हुन् । चलचित्र छक्का पञ्जा ३ लाई नेपालकी निकै चर्चित हाँस्यकलाकार तथा निर्देशक दिपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्र छक्का पञ्जा ३ दशैँको अवसरमा प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्