न्यायका लागि काठमाडौं आएकी रविना बादीले गाईन् दास्रो गीत



२३ भदौ २०७५, काठमाडौं

जीन्दगीमा निकै दुख भोगेकी रबिना बादिको जीवनमा आजभोलि चाहीँ केहि खुशी आएको छ । पहिले एउटा गीत निकालिसकेकी रबिनाले भर्खरै मात्र आफ्नो दोस्रो गीत रेकर्ड गराएकी छिन् ।

आफ्नो काखे छोराको न्यायका लागि काठमाडौँ आएकी रबिना जबसम्म न्याय पाउँदिन तबसम्म न्यायको लागि लडिरहने बताउँछिन् । त्यसका साथै उनले नारीहरु सबैजना पिडित नहुने कुरा पनि जोडिन् । एक महिलाले आफ्नो जुम्ल्याहा छोरीहरुलाई ट्याइलेटमा लगेर मारेको उदाहरण दिदैँ आफू चाहीँ आफ्नो बच्चाको लागि न्याय नपाउन्जेल लड्ने बाउँछिन् । अपराधी अहिलेसम्म लुकेर बसेको हुनाले उसलाई प्रहरीले पनि भेट्टाउन नसकेको उनको भनाई छ ।

आफूलाई न्याय दिलाउनको लागि सबैजनाले मद्दत गरिरहेको रबिना बताउँछिन् ।  साथै रबिनाले आफ्नो लागि मात्र नभएर आफू जस्ता न्यायको खोजीमा हिडेका सबैको लागि आवाज उठाउने बताइन् ।

प्रतिक्रिया दिनुहोस्