प्रदिपसँग दोस्रो चलचित्रमा काम गर्न लण्डनबाट नेपाल आइन् जसिता



२२ भदौ २०७५, काठमाडौँ

चलचित्र लिलिबिली बाट नेपाली चलचित्र क्षेत्रमा पाईला चालेकी नायिका जसिता गुरुङ आफ्नो पहिलो चलचित्रबाट नै निकै चर्चामा आएकी थिइन् । नायक प्रदिप खड्का र जसिता गुरुङ स्टारर चलचित्र लिलिबिली बक्सअफिसमा निकै सफल भएको थियो भने नायिका जसिता गुरुङको अभिनय र सौन्दर्यताको सबैभन्दा धेरै प्रशंशा भएको थियो  ।

लिलिबिली पछि एकाएक हराएकी जसिता फेरि चलचित्रमा आउने भएकी छिन् । उनी आफ्नो पढाई पुरा गर्नको लागि लण्डन गएकी थिइन् । जसिताको निकै खोजी भएको थियो नेपाली चलचित्र क्षेत्रमा जतिबेला उनी नेपाली चलचित्रबाट टाढिएकी थिइन् । जसिता नयाँ नायिका भएपनि उनको काम उत्कृष्ट भएकाले उनलाई राम्रो सम्भावना बोकेकी नायिकाको रुपमा हेरिएको छ ।

हालै मात्र जसिता उनले खेल्न लागेको नयाँ चलचित्र ‘लब स्टेशन’ का लागि नेपाल आएकी छिन् । लिलिबिली मा दर्शकहरुले निकै रुचाएको जसिता र प्रदिपको जोडि ‘लब स्टेशन’ मा पनि दर्शकले देख्न पाउने भएका छन् । ‘लब स्टेशन’ मा प्रदिप र जसिता लिड रोलमा रहेका छन् भने एक नायिकाको खोजी भैरहेको छ । यो चलचित्रकी अर्की नायिका फाइनल हुने बित्तिकै चलचित्र फ्लोरमा जाने चलचित्र निर्माण टिमले बताएको छ । हाल जसिता ‘लब स्टेशन’ को वर्कशपमा व्यस्त छिन् ।

 

प्रतिक्रिया दिनुहोस्