बहुप्रतिक्षित चलचित्र ‘जय भोले’ को ट्रेलर रिलिज



२१ भदौ २०७५, काठमाडौँ

कमेडि र रोमान्सको फूल प्याकेज भएको चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक भएको छ । यसअघि रिलिज गरिएके एक गीत र टिजरबाट दर्शकको मन जितिरहेको चलचित्र जय भोले अहिलेको बहुप्रतिक्षित चलचित्र हो ।

चलचित्र ‘जय भोले’ लाई अशोक शर्माले निर्देशन गरेका हुन्  । चलचित्रमा किरण शर्मा, कृति शर्मा र अंकित शर्माको संयुक्त रुपमा निर्माण रहेको छ । चलचित्र ‘जय भोले’ मा स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धरा भुषाल, लक्ष्मी गिरी,जयवीर लामा, सुरवीर पण्डित, श्रद्धा गिरी, रामचन्द्र अधिकारी, किशोर भण्डारी , सुरेन्द्र के.सी लगायतका कलाकारको अभिनय रहेको छ  । चलचित्रका लेखक खगेन्द्र लामिछाने हुन् ।

 

प्रतिक्रिया दिनुहोस्