पहिलो नम्बरमा गीतको १ करोड बढी भ्युजको खुसीयालीमा छक्का पञ्जा ३ टिमले काट्यो केक



२१ भदौ २०७५, काठमाडौँ

निकै सफल र चर्चित चलचित्र छक्का पञ्जा को तेस्रो सिरिज प्रदर्शनको तयारीमा रहेको छ । छक्का पञ्जाका सिरिजहरु सफल हुनुमा उक्त चलचित्रको गीतसंगीत र कथावस्तु नै राम्रो हुनु हो । केहिसमय अगाडिमात्र छक्का पञ्जा ३ को पहिलो नम्बरमा बोलको गीत सार्वजनिक भएको थियो ।

निकै रमाईलो शैलीमा निर्माण भएको गीतले रिलिज भएको ३६ दिनमा १ करोड भन्दा बढी भ्यूज पाएको छ । त्यहि विशेष खुसीयालीमा आज छक्का पञ्जा ३ टिमले केक काट्दै खुसी बाडेको छ । यसभन्दा अघि पनि छक्का पञ्जाका दुई सिरिजका गीत निकै हिट भएका थिए । छक्का पञ्जा ३ को पहिलो नम्बरमा गीतले १ करोड बढी भ्यूज पाएको खुसीयालीमा केक काट्ने कार्यक्रममा चलचित्रका प्राय सबै कलाकार उपस्थित भएका थिए । सबैले निकै रमाईलो गर्दै उक्त केक काटे र चलचित्रकी निर्देशक दिपाश्री निरौलाले गीतलाई जस्तै चलचित्रलाई पनि दर्शकले रुचाउने कुरामा आफू निर्धक्क रहेको बताइन् ।

 

प्रतिक्रिया दिनुहोस्