प्रियंका र निकको इन्गेजमेन्टबारे पहिलो पल्ट मुख खोलिन् निककी पूर्व प्रेमिकाले



२१ भदौ २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडाले केहिदिन अगाडिमात्र अमेरिकन गायक निकसँग इन्गेजमेन्ट गरेकी थिइन् । आफ्नो प्रेम सम्बन्ध लुकाएपनि पछि प्रियंकाले सबैलाई बोलाएर भव्यताका साथ इन्गेजमेन्ट पार्टि दिएकी थिइन् ।

हाल नायिका प्रियंका इन्डियामा नै आफ्ना चलचित्रहरु खेल्नमा व्यस्त छिन् भने निक अमेरिकामा आफ्नै काममा व्यस्त छन् । यिनीहरुले केहिसमय पछि विवाह गर्ने सोच रहेको बताएका छन् । अहिले सामाजिक सञ्जालमा निककी पहिली प्रेमिकाको नाम निकै भाईरल भैरहेको छ ।

केहिदिन अगाडि मात्र निककी पहिली प्रेमिका ओलिविया कल्पोले निक र प्रियंकाको इन्गेजमेन्ट बारे मुख खोलेकी छिन् । उनले निकको र उनको सम्बन्ध टुटेपनि आफु निकको लागि अत्यन्तै खुसी भएको बताएकी छिन् । उनले निक र प्रियंकाको आगामी भविष्यको लागि बभाई तथा शुभकामना पनि दिईन् । उनले साँचो प्रेम जो कोहिले पाउन सक्दैन तर निकले आफ्नो साँचो प्रेम पाएकोमा म उनको लागि निकै खुसी छु पनि भनिन् । त्यतिमात्र नभएर ओलिवियाले निक र प्रियंकाको प्रेम सधैँभरि अमर रहिरहोस् पनि भनिन् । उनी हाल आफ्ना नयाँ प्रेमीसँग डेटमा रमाईरहेकी छिन् । निककी पूर्वप्रेमिका ओलिविया सन् २०१२ की मिस युनिभर्स पनि हुन् ।

 

प्रतिक्रिया दिनुहोस्