एक किशोरले लगातार दुई वर्षदेखि अण्डा पारेर सबै चकित



इण्डोनेसियामा एउटा यस्तो घटना सार्वजनिक भएको छ जुन पत्याउनै मुस्किल पर्दछ । त्यहाँ एकजना किशोरले पछिल्लो दुई वर्षदेखि अण्डा पारिरहेको घटनाले सबैलाई तिनछक पारेको छ ।१४ वर्षका किशोरले अण्डा पारेको भिडियो अनलाइनमा सार्वजनिक भएको छ । अकमल नामका ती किशोरले डाक्टरकै अगाडि अण्डा पारे । पछिल्लो २ वर्षमा उनले २० वटा अण्डा पारेको दावी उनी र उनका परिवारले गरेका छन् ।

आफ्नै आँखा अगाडि अकमलले अण्डा पारेपछि डाक्टरहरु पनि हैरान भए । तर डाक्टरहरुले मानिसको सरीरभित्र यस्तो चराको जस्तो अण्डा उत्पादन हुने कुरा सम्भव नै नभएको बताउछन् । उनले सरीरभित्र अण्डा राखेर आफैले पारेजस्तो गरी सबैलाई झुक्याएको उनीहरुको आशंका छ ।तर उनको सरीरको एक्सरे गर्दा समेत जिउभित्र कुनैपनि त्यस्तो लुकाएको अण्डा फेला परेन ।

उनले यसअिघ १८ वटा अण्डा पारेकोमा डाक्टरकै अगाडि थप दुईवटा अण्डा पारेका थिए । डाक्टरको अगाडि अकमलले पारेका अण्डा फोरेर हेर्दा एउटामा भित्रपट्टी पूरै पहेँलो र अर्कोमा भित्रपट्टी पूरै सेतो पाइएको उनका बुवाले बताए ।अकमलका अभिभावकका अनुसार अण्डा पार्ने रोगका कारण उनी निकै प्रताडित भएका छन् । उनलाई निकै असह्य पीडा हुन्छ ।स्थानीय एक अस्पतालमा उनलाई भर्ना गरिएको छ र डाक्टरहरुले उनको उपचार तथा निगरानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्