बाल अपाङ्ग टेवा संस्थाद्वारा सीपी नेपाललाई ह्वीलचियर सहायक सामाग्री हस्तान्तरण



२९ साउन २०७५, काठमाडौं

बाल अपाङ्ग टेवा संस्थाले स्थापना कालदेखि नै अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ विभिन्न कार्यक्रम गर्दै आईरहेको छ । अपाङ्गता भएका व्यक्तिको लागि ह्वीलचियर सहायक सामाग्री उपलब्ध गराउनु र आगामी दिनमा नेपालमा नै सहायक सामाग्री मर्मत तथा उत्पादन गर्न सक्ने अवस्था सिर्जना गर्नु यस संस्थाको उद्देश्य रहेको छ ।

व्हीलचियर अपाङ्गता भएको व्यक्तिको लागि सहायक अंग हो । जसको सहायताबाट दैनिक क्रियाकलाप तथा हिडडुल गर्ने लगायतका कामहरु हुने गर्दछ । व्हीलचियर विना अपाङ्गता भएको व्यक्ति ओछ्यानमा बेवारिसे भएर बस्न बाध्य हुन्छन् । व्हीलचियरको सहायताले अपाङ्गता भएका व्यक्तिहरुले स्वास्थ्य, शिक्षा, रोजगारी र स्वाभिमानी जीवनको अवसर पाउन सक्दछन् । व्हीलचियरले परिवारका सदस्यहरुलाई पनि अपाङ्गता भएको व्यक्तिको स्याहार सुसारमा सहज र सजिलो बनाउँदछ ।

अपाङ्गता भएका व्यक्तिको लागि व्हीलचियर विभिन्न दातृ निकायले विभिन्न संघसंस्था माफर्त वितरण गर्दै आइरहेको छ । खराब बाटो तथा प्रयोग गर्न नजान्दा केही समय पश्चात नै ह्वीलचियरमा मेकानिकल समस्या देखा पर्न थाल्छन् । दक्ष जनशक्तिको अभावमा व्हीलचियर बनाउन नसक्नु र आवश्यक पाटपुर्जा सहज रुपमा उपलब्ध नहुनका कारणले गर्दा व्हलिचियर फालिन्छन् वा थन्किछन् । जसको कारणले गर्दा सामान्य ममर्तबाट उपयोगमा ल्याउन सकिने व्हीलचियर त्यसै उपयोग विहिन अवस्थामा पुग्छन् । दक्ष जनशक्ति उत्पादन र जनशक्तिको सही प्रयोगबाट त्यस्ता व्हीलचियर प्रयोगमा ल्याउन सकिन्छ ।

तसर्थ त्यस्ता व्हीलचियरको ममर्त तथा पुनःप्रयोगको लागि बाल अपाङ्ग टेवा संस्थाले व्हीलचियर प्रोजेक्ट इ.भि तथा जर्मन रोटरी क्लबको सहयोगमा व्हीलचियरको सिट तथा अन्य सामाग्री समाज कल्याणको अनुमतिमा ल्योराइ मष्तिष्क घात स्वावलम्बन समुह नेपाललाई हस्तान्तरण गरको छ ।

प्रतिनिधि सभा सदस्य कुशुम कुमार कार्कीको प्रमुख अतिथ्यता रहेको हस्तान्तरण कार्यक्रममा विशेष अतिथि समाज कल्याण परिषदका उपाध्यक्ष निलमणी वराल र बूनपा नगरप्रम्ख प्रमुख उद्धव खरेल रहेका थिए ।

  

प्रतिक्रिया दिनुहोस्