नम्रता अभिनित चलचित्र “प्रसाद” मंसिरबाट प्रदर्शनमा



२३ साउन २०७५, काठमाडौं

चलचित्र प्रसाद यही मंसिर २१ गतेबाट देशभर प्रदर्शन हुने भएको छ। नम्रता श्रेष्ठ, विपिन कार्की र निश्चल बस्नेत अभिनित उक्त चलचित्रले मंसिर २१लाई आफ्नो रिलिज मिति तोकेको हो।

निसन्तान दम्पतिको कथामा निर्माण भएको उक्त चलचित्रले अस्ति आइतबार ४१ औँ दिनमा प्याकअप हुँदै रिलिज मिति तोकेको थियो। रितेश राउतको निर्देशन र राजेश श्रेष्ठको छायांकन रहेको चलचित्रमा सुशील पौडेलको कथा रहेको छ ।

चलचित्रमा सुवास भुषाल र कोशिस क्षेत्रीको संगीत र विकास सुवेदीको सह निर्देशन रहेको छ।

प्रतिक्रिया दिनुहोस्