नायिका प्रियंका कार्की र आयुष्मान देशराजले गरे इन्गेजमेन्ट (भिडियो सहित)



३१ असार २०७५, काठमाडौं

अभिनेत्री प्रियंका कर्की र अभिनेता आयुष्मान देशराजको प्रेम अन्नत विवाह टुंगिने निश्चित भएको छ । करिब एक बर्षअघि फिल्मी अवार्ड कार्यक्रममा प्रियंकाले अवार्ड पाएको खुसीयाली साट्न उनीहरुले सार्वजनिक ठाँउमा चुम्बन साटासाट गरेपश्चात उनीहरुको प्रेम सार्वजनिक भएको थियो । उनीहरुको प्रेम कोही कसै सामू पनि लुकेको थिएन ।

सामाजिक संजालमा निकै नै सक्रिय प्रियंकाले आफ्नो प्रेमलाई खुला किताब जस्तै बनाएकी थिईन् । यी दुई जोडीको प्रेमलाई सार्वजनिक मिडियाले समेत स्वीकार गरिसकेको थियो ।

सञ्चार माध्यम तथा सामजिक सञ्जालमा समेत निकै चर्चा–परिचर्चा हुने यो जोडीको प्रेम अन्नततः करिब डेढ बर्षको आज इन्गेजमेन्ट भएपश्चात विहेमा परिणत हुने निश्चित जस्तै रहेको छ ।

यी दुईको टिकाटालो भएको केहि तस्बीरहरु आयुष्मानकी आमा रविना देशराजले आफ्नो इन्स्टाग्रममा राख्दै प्रियंकालाई बधाई दिएकी छिन् । उनले एक तस्विरमा ‘प्रियंका जोशी’ समेत लेखेकी छिन् । त्यस्तै, प्रियंकाकी भाउजु साथै पुर्व मिस नेपाल जेनिसा मुक्तानले प्रियंका र आयुष्मान फोटो सेयर गर्दै बधाई दिएकी छिन् ।

प्रतिक्रिया दिनुहोस्