कलंकी–थानकोट र चाबहिल–जोरपाटी सडकको खाल्डाखुल्डी तत्काल पुर्न प्रधानमन्त्रीको निर्देशन



प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंको कलंकी–थानकोट तथा चाबहिल–जोरपाटी सडकलाई तत्काल सुधार गरी उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका छन्।

बुधबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ ,सचिव लगायतलाई बोलाएर तत्काल सुधार गरी उपत्यकाका सडकमा रहेका खाल्डाखुल्डी पुर्न निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरद्वार जारी विज्ञप्ती अनुसार त्यसक्रममा मन्त्री महासेठले ५० दिनभित्र जनताले महसुस गर्ने गरी सडकमा सुधार गर्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्