गर्भवती महिलालाई बाख्रा वितरण



२७ असार २०७५ , सप्तरी

सप्तरीको सुरुङ्गा नगरपालिकाले आफ्नो नगरक्षेत्रका दलित तथा विपन्न परिवारका ५० गर्भवती महिलालाई बाख्रा वितरण गरको छ। आज विहान एक कार्यक्रमकाबीच उनीहरुलाई बाख्रा वितरण गरिएको हो।

नगरको १,२,३,४,र ५ वडाका १०/१० दलित तथा विपन्न परिवारलाई बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधारीले उक्त बाख्रा वितरण गरेका हुन्।

नगरपालिकाका प्रशासकीय अधिकृत राजकुमार दासका अनुसार नगरभित्रका दलित र विपन्न परिवारको आर्थिक अवस्थामा सुधार ल्याउने उद्देश्यले उक्त बाख्रा वितरण गरिएको हो।

प्रतिक्रिया दिनुहोस्