प्रेमगीतपछि बोलचाल नै बन्द गरेका नायक र निर्देशक सँगै देखिएपछि (भिडियो सहित)



११ असार २०७५, काठमाडौं

नेपालका लोकप्रिय नायक प्रदिप खड्का र सफल निर्देशक सुदर्शन थापाले पे्रमगीतपछि पहिलोपटक मिडियामा सँगै अन्तरवार्ता दिएका छन् ।

नायक प्रदिप खड्कालाई प्रेमगीत मार्फत चलचित्रमा भित्र्याएका थिए सुदर्शन थापाले । उनको पहिलो चलचित्र स्केप भएपनि उनलाई प्रेमगीतले दर्शकमाझ लोकप्रिय बनाएको थियो । प्रेमगीत पश्चात पुजा शर्मासँग स्क्रिन सेयर गरेका प्रदिप एकाएक स्टार बनेका थिए ।

चलचित्र सफल भएपनि पनि निर्देशक र नायकबिचको सम्बन्धमा खट्पट आएको थियो । यतिसम्मकी उनीहरुबिच बोलचाल नै बन्द भएको थियो ।

प्रतिक्रिया दिनुहोस्