बहुप्रतिक्षीत फिल्म ‘नाईँ नभन्नू ल ५’ को पोष्टर सार्वजनिक



१० असार २०७५, काठमाडौं

निर्देशक विकास आचार्यद्वारा निर्देशित यस वर्षको वहुप्रतिक्षित फिल्म ‘नाई नभन्नू ल ५’ को फस्टलुक पोष्टर सार्वजनिक गरिएको छ । पोष्टरमा अभिनेत्री स्वस्तिमा खड्कालाई डेब्यु ब्वाई अभिषेक नेपाल र अनुभव रेग्मीलाई अर्की डेब्यु कलाकार सेड्रिना शर्माको रोमान्टिक अवतार देख्न सकिन्छ ।

भदौ ८ गते रिलिज हुने फिल्ममा दिलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, प्रियंका कार्की, स्वस्तिमा खड्का, जयनन्द लामा, बुद्धि तामाङ आदि कलाकारको अभिनय छ । पुरुषोत्तम प्रधानको छायांकन रहेको फिल्ममा बसन्त सापकोटाको संगीत रहेको छ भने अर्जुन जिसीले सम्पादन गरेका हुन् ।  लेखनमा सामीप्यराज तिमल्सेना निर्देशक आचार्यले साथ दिएका छन् ।

नाईं नभन्नू ल ५ मा पनि सदा झैं फेमली ड्रामा र लभस्टोरीलाई नै स्थान दिएको निर्देशक आचार्यले बताए ।

प्रतिक्रिया दिनुहोस्