सरकार ! रवि लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फाँसी दिईयोस् : नायिका श्वेता खड्का



०९ असार २०७५, काठमाडौं

न्यूज २४ बाट प्रशारण भईरहेको लोकप्रिय कार्यक्रम ‘सिधा कुरा जनतासँग’का कार्यक्रम संचालक रवि लामिछाने यतिखेर निकै चर्चामा छन् । विगत टेलिभिजन र रेडियोमा कार्यक्रम चलाउँदा चलाउँदै अमेरिका भासिएका लामिछाने केही समयदेखि नेपालमै सक्रिय छन् ।

न्युज २४ मा सबैभन्दा लामो समय ‘टक शो’ त कहिले ‘बुद्ध वाज बर्न इन नेपाल’ अभियान चलाएर चर्चामा आएका रविको बारेमा सामाजिक संजाल तथा अनलाईन मिडियाहरुमा विभिन्न भ्रामक समाचारहरु प्रसारण भएका थिए । उनलाई विदेशी नागरिक भएर नेपाल सरकारसँग वर्क परमिट नलिई कार्यक्रम चलाएको भनी प्रेस काउन्सिलमा उजुरी परेको थियो ।

कुमोद लोहोनी र लक्ष्मण विकको नाममा प्रेश काउन्सिलमा परेको उजुरीमा रवि लामिछानेमाथि व्यक्तिको घर, कार्यालयमा बल जबरजस्ती घुस्ने गरेको, विदेशी नागरिक भएर वर्क परमिट नलिइकन नेपालमा अवैध रुपले काम गरिरहेको आरोप लगाएर कानुन बमोजिम कारवाहीको माग समेत गरिएको थियो ।

सोही कारण नायिका श्वेता खड्काले फेसबुकमा लेखेकी छिन्, ‘सरकार ! रवी लामिछानेलाई खुल्ला मञ्चमा ल्याएर फाँसी दिईयोस्’

नायिका खड्काको फेसबुक स्टाट्स यसप्रकार रहेको छ :

सरकार, रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर फाँसी दिईओस

अमेरिकन पासपोर्टधारी रबी लामिछाने यतेखेर सामाजिक संजालमा बहसको एउटा पात्र बनेका छन । उनको बिपक्षमा भन्दा पनि पक्षमा बोल्नेहरु जमातनै धेरै देखिन्छ । म पनि उनको पक्षमा भन्दा पनि बिपक्षमा बोल्नेहरुको सानो जमातसंगै लोलीमा लोली मिलाउँदै आफ्ना केही ब्यक्तिगत धारणाहरु प्रस्तुत गर्ने जमर्कोमा छु ।
फेसबुकको भित्तोमा लाइभ कार्यक्रम मार्फत आम-जनतासंग जोडीएर समसामयीक बिसयको बारेमा जानकारी दिने बहानामा ‘हिरोइज्म’ प्रदर्शन गरिरहेका र न्युज २४ मार्फत ‘जनतासंग सिधा कुरा’ नामक कार्यक्रम मार्फत टेलिभिजन कार्यक्रम समेत चलाऊंदै गैर्‍हकानुनी पत्रकारिता गरिरहेका रबी लामिछानेलाई शायदै नचिन्ने, नसुन्ने र र नदेख्ने कमै होलान । शायद देशका प्रधानमन्त्री को नाम नसुन्ने धेरै भेटिएलान तर रबी लामिछानेको नाम नसुन्ने बिरलै पाइएलान । अत: अमेरिकी पासपोर्टधारी भनिएका यी रबी लामीछानेलाई यत्तिखेर कानुनी संकटले घेर्न थालेको छ । प्रेस पास समेत नलिई नातेदार भिशामा नेपाल छिरेका रबी लामिछाने, सम्भवत देशबाटै लखेटिने अवस्थामा पुगेका छन वा पुग्न लागेका छन ।
म उनलाई देशबाट लखेट्ने पक्षको घनघोर बिरोध गर्छु, किनकी उनले गैर्‍हकानुनी रुपमा हाम्रो देशमा छिरेर उदण्ड मच्चाएका छन । धेरै जना नेपालीहरुको भोक,प्यास र निन्द्रा खल्बल्याएका छन । अनी हाम्रो शान्ती, अमन र चयनमा खलल पुर्‍याएका छन । त्यसैले म त उनलाई देश निकाला गर्नु भन्दा पनि फाँसीनै दिनु पर्छ भन्ने मन्यता राख्दछु र सरकार समक्ष रबी लामिछानेलाई खुल्ला मन्चमा ल्याएर हामी आमजनताको सामु खुल्लेयाम फाँसी दिन हुन जोडदार माग गर्दछु । मेरो यो माग जायज हो कि होइन त्यो त मलाई थाहा छैन तर निज रबी लामिछानेले गरेका गैर्‍ह कानुनी कार्यको फेहरिस्त हेर्ने हो भने मलाई लाग्छ उनलाई फाँसी को सँजाय पनि कमनै हुन्छ कि ? किनकी यिनले गर्नै नहुने धेरै कार्यहरु गरेका छन ।
रबी लामिछानेले अहिलेसम्म जे जे गरे ति सबै कृयाकलापहरु समाजबोरिधी छन । जुन देशको महान संस्कारनै ‘भ्रस्टाचार’ हो, त्यही संस्कारलाई भात्काउन खोज्ने रबी लामिछाने ‘महापापी’ हुन । जुन देश ‘अनियमितता’ को श्रीङ्गारमा आफ्नो खोक्रो सुन्दरता देखाई रहेको हुन्छ त्यही श्रीङ्गारलाई लत्पत्याएर कुरुप बनाउन खोज्ने रबी लामिछाने एक ‘अपराधी’ हुन । मानव बेचबिखनलाई आफ्नो पेशा बनाएर जसोतसो जीवन यापन गरिरहेका मेहनती तस्करिहरुको पेशानै धरापमा पार्न खोज्ने रबी लामिछाने ‘शोषकी’ हुन । बिदेशमा बेचिन पुगेका नेपाली चेलीहरुको आँशुलाई टेलीभिजनको पर्दामा देखाएर उनिहरुको उद्दार गर्नखोज्ने रबी लामिछाने ‘प्रेश पास’ समेत नलिने ‘पित पत्रकार’ हुन । आर्काको घरमा पसेर ‘ घरेलु हिंशा’को खोजखबर लिने अधिकार उनलाई कस्ले दियो ? बिना स्विक्रिती सरकारी कार्यालयहरुमा प्रवेश गरेर घुम्ने मेच माथि मस्त निदाई रहेका हाकिमहरुको निद्रा खल्बल्याउने रबी लामिछाने ‘मानव अधिकार’ बिरोधी हुन । देशको सिमानामा पुगेर हराएका र चोरि भएका स्थम्भहरु खोज्ने रबी लामिछाने ‘ देश द्रोही’ हुन । उनी असामाजिक तत्व हुन, जस्ले अन्याय र अत्याचार सहेर मौन बसेको हाम्रो समाजमा आफ्ना ‘कटु’ शब्दहरु मार्फत होहल्ला मच्चाई रहेकाछन ।

यिनी किन देश फिरे र किन हाम्रो भिडमा छिरे ? यिनलाई किन अमेरिकाको स्वच्छ हावा नपचेको र यहाँ को प्रदुशित हावामा श्वास लिन आएको ? यिनी अत्याधुनिक टेक्नोलोजीको सहज जीवन छोडेर किन हाम्रो परम्परागत कठिन दैनिकीलाई आत्मसाथ गर्न आईपुगे ? किन ?

यिनी कि त मुर्ख हुन कि त पागल । शायद यिनलाई थाहा छैन , यो देशमा गर्ने भन्दा बोल्ने अनी बोल्ने भन्दा मौन बस्नेलाई पुजिन्छ । यहाँ, जस्ले सामाजिक बिकासको पाइला चाल्छ उस्ले हजार पटक लड्नु पर्छ र चोटै चोट खाएर बिच बाटो रोक्किनु पर्छ । यिनले सुन्तली धुर्मुस र मेनुका थापाहरुको भोगाईहरुबाट सिक्नु पर्ने हो , सिकेनछन । हाम्रो समाजमा स्वच्छ छबीका मान्छेहरु सुहाँउदैनन । हामीलाई रबी लामिछाने, सुन्तली धुर्मुस, मेनुका थापा र अनुराधा कोइरालाहरु चाहिदैनन । हामी हाम्रै हालतमा ठीक छौ, खुशी र सुखी छौ । त्यसैले हाम्रो सुख र खुशीमाथी धावा बोल्ने अधिकार रबी लामिछानेहरुलाई कस्ले दियो ? त्यसैले म सरकार समक्ष रबी लामिछाने लाई खुल्ला मन्चमा ल्याइयोस र हामी आमजनताहरुको अगाडि खुल्लेयाम फाँसी दिईयोस भन्ने आग्रह गर्न चाहन्छु । जुनाबेला रबी लामिछाने फाँसिको सुलीमा झुण्डीएका हुनेछन त्यत्तीबेला हामी सरकारको पक्षमा तालीको गडगडाहटले राजाधानीलाई गुन्जायमान बनाउँदै ‘सतीले सरापेको देश’ भन्ने कथनलाई सार्थक बनाइदिने छौ ।
जय होस् ।

प्रतिक्रिया दिनुहोस्