हाँस्यकलाकार दीपकराज गिरी रवि लामिछानेको पक्षमा : फेसबुकमा लेखे स्टाट्स



०७ असार २०७५, काठमाडौं

पछिल्लो केही समयदेखि रवि लामिछाने सम्बन्धि समाचार, पोष्ट तथा भिडियोहरु सामाजिक संजालमा निकै भाइरल भईरहेका छन् । अमेरिकी पासपोर्ट लिएका रबि लामिछानेले नेपालमा वर्क परमिट नलिई काम गरिरहेको र उनलाई तीन बर्षसम्मको जेल सजाय हुनसक्ने जस्ता समाचारहरु अनलाईन मिडिया तथा राष्ट्रिय दैनिक पत्रिकाहरुमा प्रकाशित भइरहेका छन् ।

उनका बारेमा समाचारहरु आईसकेपछि रबिले पनि यो बिषयमा आफ्ना भनाईहरु राखेका छन् । रबिले फेसबुक लाईभबाट आफूले अमेरिकी पासपोर्ट नेपालस्थित अमेरिकी राजदुतावासमा गएर नियमानुसार त्यागिसकेको स्पष्ट पारेका छन् । यस्तै उनले आफु पत्रकार नभई संचारकर्मी भएको कुरा पनि स्मरण गराएका छन् । नेपालमा धेरै पत्रकारहरुसँग पनि प्रेस पास नभएको उल्लेख गर्दै उनले आफू कार्यक्रम संचालक भएको बताए ।

अहिले सामाजिक संजालहरुमा रवि लामिछानेको पक्ष र विपक्षका चर्का बहस तथा कमेन्टहरु भईरहँदा चर्चित हाँस्यकलाकार, निर्माता तथा नायक दीपकराज गिरीले फेसबुकमा एक पोष्ट लेख्दै आफू पनि रवि लामिछानेको पक्षमा रहेको बताएका छन् ।

फेसबुकमा हास्ँयकलाकार गिरीले ‘सामान्य नागरिक जसको कहिं पहुँच छैन, केहि अप्ठेरो पर्यो भने रबि लामिछानेलाई भेट्न पाए हुन्थ्यो भनेको सुनेको छु ।’ केहि भएपनि नभएपनि भरोषा त छ’ भन्दै रबिलाई साथ दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्