हजुरआमाबाट प्रेरित रणवीर सिंहको वलिउड यात्रा



 रणवीर सिंह सानैदेखि अभिनेता बन्न चाहन्थे, यसको लागि उनी स्कूलमा हुने धेरै नाटकहरुमा सहभागी हुने गर्थे । त्यसपछि एच आर कलेज अफ कमर्स एण्ड इकोनोमिक्स मुम्बईमा दाखिला भएपछि रणवीरलाई महशुस भयो कि फिल्ममा काम गर्न सजिलो छैन । किनकी उनलाई धेरै जनाले भनेका थिए कि जसको पारिवारिक इतिहास फिल्ममा जोडिएको छ त्यो व्यक्ति नै फिल्म क्षेत्रमा अघि बढ्न सक्छ तर रणवीर सिहंलाई जब यो कुराको अनुभव भयो मैले एक्टिङ गर्न पाउदिन् । त्यसपश्चात प्रभावशाली लेखनतर्फ उनको ध्यान मोडियो । यूनाइटेड स्टेटको इंडियाना यूनिभर्सिटीमा उनले  बैचलर अफ आर्ट्स मा डिग्री हासिल गरेका छन् ।

०४ असार २०७५, काठमाडौं

मुम्बईमा जन्मिएका भारतीय अभिनेता रणवीर सिंह सधैँभरि कलाकार बन्न चाहन्थे । तर कलेजका दिनहरुमा उनलाई लाग्थ्यो कि कलाकार बन्ने कुरा उनका लागि धेरै परको कुरा हो । त्यसैले उनले लेखनततर्फ आफ्नो लक्ष्य केन्द्रित गरे । इंडियाना युनिभर्सिटी, ब्लूमिंगटनमा बैचलर अफ आर्ट्स डिग्री गर्ने क्रममा सिहं पुन : अभिनयततर्फ आकर्षित भए । पछि भारत आएपछि उनले मुख्य भूमिकाको लागि हिन्दी फिल्म उद्योगमा अडिसन दिन शुरु गरे । २०१० मा सिहंले यशराज फिल्मस्को नयाँ चलचित्र ‘बैन्ड बाजा बारात’को लागि अडिसन दिएर मुख्य भूमिका प्राप्त गर्न सफल भए । उक्त चलचित्र रोमान्स कमेडी विवाहको योजनामा आधारित थियो । निर्देशक मनिष शर्माका अनुसार सो चलचित्रमा रणवीरले एक पारम्परिक दिल्लीे केटा ‘बिट्टु’ को भूमिका निभाउनुपर्ने थियो । चलचित्र ‘बैन्ड बाजा बारात’ हिट साबित भयो । यसै चलचित्रबाट रणवीरले सर्वश्रेष्ठ नव अभिनेता फिल्मफेयर अवार्ड प्राप्त गरे ।

रणवीरको जन्म ६ जुलाई १९८५ मा एक सिन्धी परिवारमा भएको हो उनको पिताको नाम जगजीत सिहं भावनानी र माताको नाम अंजू हो । उनी परिवारका सवैभन्दा कान्छा सदस्य हुन् । रणवीरभन्दा माथिका दाई सुंदर सिहं भावनानी र दिदि रितिका भावनानी रहेका हुन् ।

रणवीरको अनुसार उनकी हजुरआमा अमिताभ बच्चनकी एकदमै ठूलो फ्यान थिइन् र उनले रणवीरलाई सधैँ अमिताभ जस्तै बन्नको लागि प्रेरणा दिएकी थिइन् । त्यसैले आज म हीरो हूँ त केवल हजुरआमाको ती कुराहरु जसबाट मैले प्रेरणा लिएको हुँ ।

रणवीर सिंह सानैदेखि अभिनेता बन्न चाहन्थे, यसको लागि उनी स्कूलमा हुने धेरै नाटकहरुमा सहभागी हुने गर्थे । त्यसपछि एच आर कलेज अफ कमर्स एण्ड इकोनोमिक्स मुम्बईमा दाखिला भएपछि रणवीरलाई महशुस भयो कि फिल्ममा काम गर्न सजिलो छैन । किनकी उनलाई धेरै जनाले भनेका थिए कि जसको पारिवारिक इतिहास फिल्ममा जोडिएको छ त्यो व्यक्ति नै फिल्म क्षेत्रमा अघि बढ्न सक्छ तर रणवीर सिहंलाई जब यो कुराको अनुभव भयो मैले एक्टिङ गर्न पाउदिन् । त्यसपश्चात प्रभावशाली लेखनतर्फ उनको ध्यान मोडियो । यूनाइटेड स्टेटको इंडियाना यूनिभर्सिटीमा उनले  बैचलर अफ आर्ट्स मा डिग्री हासिल गरेका छन् ।

यूनिभर्सिटीमा उनले एक्टिङको प्रशिक्षण पनि लिएका थिए र किशोरावस्थामा नै थिएटरमा जान थालेका थिए । पढाई पुरा गरिसकेपछि २००७ सालमा उनीे मुम्बई आए । त्यसपछि सिहलें केही बर्षसम्म सी. एफ. एम र जे. वाल्टर थोपसन जस्ता एजेन्सीका लागि विज्ञापन गरेका थिए । त्यसपश्चात उनले सहायक निर्देशकको काम गरेका थिए । तर फेरि एक्टिङमा करियर बनाउनको लागि उनले ती कामहरु छोड्दिएका थिए । एक्टिङ्गको लागि हुने सबै अडिशनमा रणवीर धाउन थालेता पनि ती सबैमा उनलाई सफलता मिल्न सकेन । अडिशनपछि उनलाई फिल्ममा केवल थोरै–थोरै रोल मात्र मिल्न थालेको थियो ।

फिल्मी करियर
रणवीर सिंहको फिल्मी करियरको शुरुवात निर्देशक मनिष शर्माको फिल्म ‘बैंड बाजा बारात’ बाट शुरु भएको हो । यो फिल्म रोमान्स कमेडी विवाहको योजनामा आधारित थियो र रणवीर को एक पारम्परिक दिल्ली को केटा बिट्टु को भूमिका गर्नुपर्ने थियो ।  जसलाई उनले न्याय दिएका थिए र फिल्म सुपर हिट भयो । ‘बैंड बाजा बारात’ पश्चात उनले आजसम्म फर्केर हेर्नुपरेको छैन् ।

२०१५ मा रिलिज भएको रणवीर सिंहको सुपर हिट फिल्म ‘बाजी राव मस्तानी’ बाट  उनले बेस्ट एक्टर को फिल्मफेयर अवार्ड हात पारेका थिए । त्यसो त रणवीर सिंह फिल्मको अलावा सामाजिक काममा पनि अघि रहेका छन् ।

रणवीरको अनुसार उनकी हजुरआमा अमिताभ बच्चनकी एकदमै ठूलो फ्यान थिइन् र उनले रणवीरलाई सधैँ अमिताभ जस्तै बन्नको लागि प्रेरणा दिएकी थिइन् । त्यसैले आज म हीरो हूँ त केवल हजुरआमाको ती कुराहरु जसबाट मैले प्रेरणा लिएको हुँ ।

अवार्ड र नोमिनेशन
रणवीर सिंहले अहिलेसम्म २ फिल्मफेयर अवार्ड पाईसकेका छन् । जसमा ‘बैंड बाजा बारात’ (२०१०) को लागि बेस्ट मेल डेब्यू अवार्ड । प्रियंका चोपड़ा र दिपिका पादुकोणको साथ आएको फिल्म ‘बाजीराव मस्तानी’ (२०१६) को लागि बेस्ट एक्टर को अवार्ड पाएका थिए । यसको साथसाथै (२०१३) मा आएको फिल्म ‘गोलियों की रासलीला रामलीला’बाट उनको नाम बेस्ट एक्टरको सूचिमा राखिएको थियो ।

रणवीर सिहंको असली कहानी जसले बलिवुडमा उनको संघर्षको बयान गर्छ । यसले यो कुरा बताउँछ कि यदि मानिस भित्र केहि गर्ने इच्छा छ भने उसले जसरी भएपनि त्यो इच्छा पुरा गरेरै छाड्छ ।

प्रतिक्रिया दिनुहोस्