नेपाली चलचित्रमा डेब्यु गर्दै तेरिया



०३ असार २०७५, काठमाडौं

नेपालकी चेली तेरिया फौजा मगर अब नेपाली चलचित्रमा प्रवेश गर्ने भएकी छिन् । उनले म्याक टेन कालुले निर्माण गर्ने नयाँ फिल्म ‘मायाको मोल’ मा काम गर्न लागेकी हुन् ।

तेरियालाई डान्स गुरु सुजन विश्वकर्माले यो फिल्मको अफर गरेका थिए । शुरुमा काम नगर्ने बताएपनि पछि उनी फिल्म गर्न राजी भएकी हुन् । एक मिडियासँगको कुराकानीका क्रममा सुजनले म्याक टेन कालुलाई हिट बनाउन तेरियालाई फिल्ममा लिन आफूले पहल गरेको बताए ।

यस चलचित्रका लागि तेरियाले कतिपनि पारिश्रमिक नलिने बताएकी छिन् । सुजन भन्छन्,‘उनले फिल्मका लागि १ महिना समय दिनेछिन् । चलचित्रमा तेरियाले आफूलाई सुहाउने भूमिका पाएकी छिन् ।’

यसअघि ‘पटुकी’ नामक फिल्म निर्माण गरेको म्याक टेनले तेरियाको अभिनय रहने फिल्मको निर्देशन भने आफैंले गर्नेछन् । अहिले फिल्मका लागि गीत रेकङ्र्गिको काम भइरहेको छ । फिल्मको गीतमा तेरियाका डान्स गुरु सुजन विश्वकर्माले कोरियोग्राफी गर्नेछन् ।

तेरिया हाल मुम्बईमा छिन् । उनी असारको २८ गते नेपाल आउने भएकी छिन् । तेरिया नेपाल आएपछि एक कार्यक्रम समारोहमा चलचित्रको छायाँकन बारे घोषणा गरिने निर्देशक म्याकले बताए । चलचित्र ‘मायाको मोल’ मा बिर्जन मिजारले तेरियासँग रोमान्स गर्नेछन् । यसअघि तेरियाले डिआइडी लिटल मास्टर सिजन ३ र झलक दिखलाजा सिजन ९ जितेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्