नायिका केकी अधिकारी र आर्जन प्रेममा रहेको चर्चा (भिडियो सहित)



०२ असार २०७५, काठमाडौं

गायक आर्जन पाण्डे र नायिका तथा निर्मात्री केकी अधिकारीको प्रेम चर्चा अहिले सामाजिक संजाल तथा विभिन्न मिडियाहरुमा छाउन थालेको छ ।

प्राय: अन्तरवार्ताहरुमा आफूलाई सिङ्गल बताउने नायिकाले विवाह बारेको प्रश्नमा अहिले नै सोच नभएको प्रतिक्रिया दिने गर्थिन् । अझ भनौं नायिका केकी अधिकारीको प्रेम सम्बन्धको बारेमा खासै समाचार बन्ने गरेको छैन ।

हालैको दिनहरुमा केकी र आर्जन प्रायजसो समय साथ बिताउने गर्दछन् । सार्वजनिक कार्यक्रम होस् वा अन्य स्थानमा दुवैजना सँगै उपस्थित हुने गर्दछन् ।

केही महिनाबाट चलचित्रको कार्यक्रमदेखि अन्य स्थानमा केकी र आर्जनसँगै देखिन थालेपछि उनी निकट साथीहरुले नै केकी प्रेममा रहेको चर्चा गर्न थालेका छन् । चलचित्र वृत्तमा गायक आर्जन पाण्डे र नायिका केकी अधिकारी प्रेममा रहेको चर्चा निकै चल्न थालेको छ ।

प्रतिक्रिया दिनुहोस्