बूनपा १२ मा शहरी स्वास्थ्य केन्द्र उद्घाटन



०१ असार २०७५, काठमाडौँ

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मा शहरी स्वास्थ्य केन्द्रको उद्घाटन भएको छ ।

वडाध्यक्ष शम्भु प्रसाद भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा काठमाडौँ जिल्ला जनस्वास्थ्य कार्यालयका नरेन्द्र कुमार झा, प्रतिमा खरेल, डा.कृष्णा देवी श्रेष्ठ, बुनपा १० का वडाध्यक्ष नवराज भट्टराई, नवदुर्गा स्वास्थ्य संस्थाका अध्यक्ष सुनीत चालिसे, शहरी स्वाथ्य केन्द्र कपनका प्रमुख कामदेव आचार्य, वडा सदस्यहरु डिल्ली प्रसाद खतिवडा, मिना बयलकोटी, वडा सचिव निरा घिमिरे लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै जन स्वास्थ्य कार्यालय कपनका प्रमुख कामदेव आचार्यले जनतलाई घरदैलोमा पुगेर स्वास्थ्य सेवा दिने उदेश्यले केन्द्र उद्घाटन गरिएको बताएका छन् । हरेक महिनाको ११ गते सो केन्द्रमा खोप तथा पोषण सेवा संचालन गर्ने र प्रत्येक हप्ता सोमवार सुत्केरी र गर्भवती जांच गर्ने तथा प्रत्येक हप्ताको विहिवार परिवार नियोजनको सेवा उपलव्ध गराउने जानकारी आचार्यले दिएका थिए ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष शम्भु प्रसाद भट्टराईले स्वास्थ्य केन्द्र संचालन पश्चात सम्पुर्ण वडा वासीहरुको स्वास्थ्य उपचार प्राप्त गर्ने अधिकारको सुनिस्चितता हुने बताएका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य नगर कार्यपालिका सदस्य शान्ता ढकालले गरेकी थिइन् भने कार्यक्रम संचालन वडा सदस्य पुरुषोत्तम नेपालले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्