चाईना कल्चर सेन्टरको ३ दिने साँस्कृतिक कार्यक्रम उद्घाटन (फोटो फिचर)



०१ असार २०७५, काठमाडौँ

चीनको सँस्कृति झल्काउने तथा नेपाल–चीन मैत्री सम्बन्धलाई थप दरिलो बनाउने उद्देश्यले चाईनिज साँस्कृतिक कार्यक्रमको समुद्घाटन याक एण्ड यती होटलमा उपराष्ट्रपति नन्दकिशोर पुनले गरेका छन् ।

संघीय गणतन्त्र नेपालका उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा विशेष अतिथिद्वय नेपालका लागि चीनका राजदुत यु होङ र चिनियाँ दुतावासका प्रथम सचिव यु जे रहेका थिए । अतिथिहरुमा पुर्वमन्त्री तथा नेकपाका नेता अग्नीप्रसाद सापकोटा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटा, चाईना कल्चर सेन्टर नेपालका प्रमुख यन् कुङ् सोङ्, नेपाली सेनाको जनसम्पर्क निर्देशनालयका निर्देशक व्रिगिडिएर जनरल गोकुल भण्डारी, नेपालका लागि श्रीलङ्काका राजदुत एमएड स्वर्न परेरा लगायत अन्य विशिष्ट व्यक्तिहरुको उपस्थिती थियो ।

कार्यक्रममा चीनका जीवन्त संस्कृति तथा कला झल्किने खालका गरगहना, पोषाक, पेन्टिङ, डायरी, विद्युतीय सामग्री, ऐतिहासिक तथा साँस्कृतिक थाङ्का लगायतको प्रदर्शनी रहेको छ ।

कार्यक्रममा चीनबाट आएका कलाकारहरुद्वारा विशेष साँस्कृतिक नृत्य तथा वाद्यवादनको प्रस्तुती गरेका थिए । विशेष अतिथि जनवादी गणतन्त्र चीनका राजदुत यु होङ र चाईना कल्चर सेन्टरका प्रमुख यन्कुङ्सोङले उपराष्ट्रपति पुनलाई मायाको चिनो हस्तान्तरण गरेका थिए ।

तीनदिनसम्म जारी रहने प्रदर्शनीमा नेपाली दर्शकहरुको उल्लेख्य सहभागिता देखिन्थ्यो ।

     

 

प्रतिक्रिया दिनुहोस्