
०१ असार २०७५, काठमाडौँ
महिलाहरुमा भएको सीप तथा क्षमतालाई प्रस्फुटन गराउने उद्देश्यले संचालित कुसन बनाउने तालिमको उद्घाटन बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईले जोरधारा कपनमा गरेका छन् ।

उद्घाटन समारोहमा वडा नं. १० की महिला सदस्य दीलकुमारी विक, सल्लाहकार देवी रेग्मी, हेमा अधिकारी र संगीता पौडेल तथा अन्य महिलाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि भट्टराईले, ‘सहभागी महिलाहरुलाई सीप राम्रोसँग सिकी उत्पादनमुखी व्यवसाय संचालन गर्न अनुरोध गर्दै आगामी दिनमा बूनपावासीले आफ्नै ट्रेनिङ्ग सेन्टरमा तलिम लिन पाउने व्यवस्था गर्न लागेको जानकारी समेत गराए ।’

‘सीप सिक्नु मात्र ठूलो कुरा होईन, सिकेर व्यवहारमा लागु गर्नुपर्छ ।’ भन्ने कुरामा वडा सदस्य दीलकुमारी विक जोड दिईन् ।

कार्यक्रम अवधिभर राम्रोसँग तालिम लिन सहभागीहरुलाई कार्यक्रमकी अध्यक्ष नम्रता सापकोटाले आग्रह गरिन् ।

कार्यक्रममा स्वागत मन्तव्य सम्झना सापकोटाले राखेकी थिईन् भने कार्यक्रम संचालन संघर्षशिलकी सचिव रिता ढकालले गरेकी थिईन् ।






