अनमोल मेसीका र प्रदिप नेइमारका फ्यान (भिडियो सहित)



०१ असार २०७५, काठमाडौं

नेपालका सुपरस्टार अनमोल केसी अर्जेन्टिनी खेलाडी लियोनल मेसी  र प्रदिप खड्का नेइमारका फ्यान भएको बताएका छन् ।

हाल अनमोल केसी क्याप्टेन चलचित्रको सुटिङमा व्यस्त छन् । यसमा उनी फुटबल खेलाडीको रुपमा देखिदैछन् । त्यसैले पनि उनी २०१८ को विश्वकपलाई नजिकबाट नियाल्दैछन् । अनमोल भन्छन्, ‘म सानै देखि अर्जेनटिना र मेसीको फ्यान हुँ त्यसैले म अर्जेनटिनाले विश्वकप जितेको हेर्न चहान्छु ।’

प्रदिप खड्का भने ब्राजिलियन स्टार नेइमारका फ्यान रहेको बताएका छन् । उनी नेइमार भनेपछि भुतुक्कै हुन्छन् त्यसैले उनी ब्राजिलले जितेको हेर्न चहान्छन् ।

प्रतिक्रिया दिनुहोस्