टाउको परेवाको जस्तो देखिने माछा (भिडियो सहित)



०१ असार २०७५

चीनमा एकजना मानिसले माछा मार्ने क्रममा एक फरक खालको माछा समाएका छन् । टाउको ठ्याक्कै परेवासँग मिल्दोजुल्दो देखिने माछा हाल समाजिक सञ्जाल र अनलाइनमा भाइरल बनेको छ ।

दक्षिण पश्चिम चीनको गुइयाङ सिटीमा फेला परेको उक्त माछालाई फोटो र भिडियो खिचे पश्चात पुनः पानीमै छोडिएको थियो । यो माछा ग्रास कार्प प्रजातिको राटफिस रहेकोे विश्वास गरिएको छ । यसले आँखा भए पनि देख्न सक्दैन ।

अमेरिका र एसियाको स्वच्छ पानीमा पाइने यस्ता माछाको आँखाभन्दा कान ठूलो हुने विश्वास रहेको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्