
०१ असार २०७५, लमजुङ
आगामी भदौमा हुने विमस्टेकको चौथो शिखर सम्मेलनमा भाग लिन म्यानमारकी नेतृ आङ सान सुकी नेपाल आउने भएकी छिन् ।
बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीका देशहरूको प्रयास (विमस्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौको दोस्रो वा तेस्रो साता काठमाडौंमा हुँदैछ । नेपाल विमस्टेकको अध्यक्ष राष्ट्र हो ।
भदौको १४ र १५ गते अथवा २१ र २२ गते शिखर सम्मेलन गर्ने भन्ने प्रस्ताव सदस्य राष्ट्रहरुमा लैजाने मन्त्री परिषद बैठकले निर्णय पनि गरेको छ ।
नेतृ सुकीसँगै भारतीय प्रधानमन्त्री मोदी सहित एसियाली नेताहरु काठमाडौं आउने भएका छन् । नेपालसँगै भारत, बाङ्गलादेश, भुटान, म्यानमार, श्रीलंका र थाइल्यान्ड विमिस्टेकको सदस्य राष्ट्रको रूपमा रहेका छन् ।





