दिनानु दिन भाइरल बन्दै टिका प्रसाईको माया लुकी लुकी



१ असार २०७५ , काठमाण्डौ

गायिका टिका प्रसाईको स्वारमा एउटा फरक स्वादको गीत माया लुकी लुकी यतिखेर भाइरल बनेर बजारमा आएको छ ।

पछिल्लो समय गीतसंगीतमा बेग्लै स्थान बनाउन सफल टिकाले यो पटक आनन्द अधिकारीको शब्दलाई छानकी थिइन् । जुन शब्दलाई आसिस अविरलले कम्पोज र एरेन्ज गरेका थिए । उक्त गीतमा द कार्टुन क्रो को उत्कृष्ट अभिनय रहेको देख्न सकिन्छ ।

राग रेकर्ड स्टुडियोमा मिक्सिंग र मास्टरिंग गरिएको गीतले सार्बजानिक भएको एक हप्ता नबित्दै सबैको मन जितेर अहिले सम्म १७ लाख बढी भ्यूअर्स पाइसकेको छ ।

गीतले १० लाख भ्युअर्स बनाएको खुसियालीमा टिकाले लड्डु समेत बाडेकि छिन । गीतलाई गायिका टिका प्रसाइकै युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ ।

https://youtu.be/B6PQDnaQKs4

प्रतिक्रिया दिनुहोस्