विश्वकप २०१८ को दौरान रसियन युवतीहरुलाई विदेशी पुरुषसँग यौनसम्बन्ध नराख्न सांसदको सुझाव



०१ असार २०७५, काठमाडौं

विश्वकप महाकुम्भ मेला २०१८ हिजोबाट शुरु भएको छ । सुन्दर, कला संस्कृतिको केन्द्र त्यसमाथि विश्वकप फुटबल २०१८ को आयोजक राष्ट्र रुस हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्नेछन् ।

विश्वमा रुसका युवतीको सुन्दरताको चर्चा धेरै नै हुने गरेको छ । यसले गर्दा विश्वकपको अवधिमा धेरै मात्रामा खुला वा गोप्य रुपमा यौन सम्बन्धहरु हुने आँकलन गरिएको छ ।

यसैबिच रुसकी एक वरिष्ठ सांसद तामारा प्लेटनयोभाले विश्वकप २०१८ को अवधिमा रुसी युवतीहरुलाई विदेशी पुरुषसँग यौन सम्बन्ध नराख्न सुझाव दिएकी छिन् ।

विदेशी पुरुषसँगको यौन सम्बन्धबाट जन्मिएका बच्चाले धेरै समस्या झेल्नु पर्ने भएकाले सचेत रहन उनले यो सुझाव दिएकी हुन् । उनी परिवार, महिला तथा बालबालिका सम्बन्धी कमिटिकी प्रमुख हुन् ।

सांसद तामारा प्लेटनयोभाले तल्लो सदनमा बोल्ने क्रममा विश्वकपपछि एकल आमाहरुको संख्या बढ्न सक्ने भन्दै यस्तो चेतावनी दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्