क्यान्सर पीडितलाई रु सात लाख सहयोग



२८ जेठ २०७५, भक्तपुर

विगत एक वर्षदेखि पाठेघरको क्यान्सर रोगबाट पीडित सबिना लामाको उपचारको सहयोगार्थ रु सात लाख ३६ हजार पाँच रकम आज हस्तान्तरण गरिएको छ ।

तेमाल गाउँपालिका–९ चोप्टार निवासी २१ वर्षीया लामाको पाठेघर क्यान्सरको उपचारका लागि विभिन्न दाताबाट रकम सबिना बचाउ अभियानका अभियन्ताले हस्तान्तरण गरेका हुन् ।

सानै उमेरमा क्यान्सरबाट पीडित हुनु परेकाले उनको उपचारमा सहज होस् भन्ने उद्देश्यले भक्तपुरमा आयोजित बृहत् साँस्कृतिक कार्यक्रमबाट समेत रकम संकलन गरिएको अभियानका संयोजक रोज लामाले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्