गरिब किसानहरुले लिएको सबै ऋण मिनाह



१६ जेष्ठ २०७५, काठमाडौ

साना किसान सहकारीबाट लिएको सबै ऋण सरकारले मिनाह गरेको छ । हिजो संसदमा आर्थिक बर्ष २०७५/७६ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले सो घोषणा गरेका हुन् ।

सरकारको यो घोषणासगै ऋण तिर्न अप्ठ्यारोमा परेका किसानहरुलाई ठुलो राहत मिलेको छ । यो सगै २६ जिल्लाका गरिब परिवारलाई एक बर्ष भित्र परिचयपत्र दिने र बाँकीलाई २ वर्षा भित्रमा वितरण गरि सक्ने पनि सरकारले योजना लिएको छ ।

कृषि, पशुपालन र माछापालनामा गरिने बिमाको ७५ प्रतिशत प्रिमियम रकम पनि सरकारले तिरिदिने भएको छ । सातवटै प्रदेशमा नमुना कृषि फर्मा र सबै स्थानिय तहमा कृषि ज्ञान केन्द्र स्थापना गर्ने पनि बजेटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्