प्रज्ञा-प्रतिष्ठानको ६१ औँ वार्षिक उत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव हुने



१६ जेष्ठ २०७५, काठमाडौ

नेपाल प्रज्ञा-प्रतिष्ठानको ६१ औ वार्षिक उत्सव हुने भएको छ । यही असार ९ गते प्रतिष्ठानको वार्षिक उत्सव हुन् लागेको हो ।

प्रतिष्ठानले आफ्नो वार्षिक उत्सवको अवसरमा राष्ट्रिय कविता महोत्सव २०७५ समेत गर्ने भएको छ । राष्ट्रिय भाव तथा समसामयिक चेतनायुक्त कवितालाई महोत्सवमा प्रतिस्पर्धाको रुपमा स्थान दिइने प्राज्ञ शशि लुबुम्बुले बताए ।

कविता महोत्सवमा सहभागी हुन चाहानेहरुले यही जेष्ठ २० गते भित्रमा ए फो साइजमा कम्युटर टाइप गरि काआ जा मा पठाउनु पर्ने छ ।

प्रतिस्पर्धीले महोत्सव सम्पन्न नभए सम्म आफ्नो कविता कुनैपनि विधुतीय माध्यम वा छापा माध्यमबाट प्रसारित र प्रकाशित गर्न नपाउने पनि प्रतिष्ठानले जनाएको छ । प्रतियोगी कविहरुले कवितासगै हालसालै खिचेको एक प्रति पासपोर्ट साइजको फोटो समेत पठाउनु पर्ने पनि प्रतिष्ठानले आफ्नो सुचनामा उल्लेख गरेको छ ।

प्रतियोगितामा प्रथम हुने कविले स्वर्ण पदक सहित नगद तिस हजार ( ३००००/- ) र द्धितीय हुने कविले रजत पदक सहित नगद पच्चीस हजार (२५०००/-) प्राप्त गर्न सक्ने छन् । त्यसैगरी तृतीय हुने तीन जना कविहरुले जनही कास्य पदक सहित नगद विस हजार (२००००/-) प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुहोस्