उभ्याएर यात्रु बोक्ने टेम्पो र माइक्रोलाई १ हजार जरिवाना



१४ जेठ २०७५, काठमाडौँ

उपत्यकामा क्षमताभन्दा धेरै यात्रु बोक्ने माइक्रोबस र तीनपाङ्ग्रे सवारी साधनको जरिवाना रकम बढाइएको छ ।

गृहमन्त्रालयले गत जेठ ४ गते दुर्घटना न्यूनीकरण र ट्राफिक नियमको पालना कडाइका साथ लाग्न महानगरीय ट्राफिक प्रहरी महाशाखालाई निर्देशन दिएको थियो । यात्रु बोकेका सवारी साधनलाई ट्राफिक प्रहरीले  ५०० रुपैयाँ जरिवाना गर्दै आएकामा जेठ १२ गते शनिबारदेखि  एक हजार जरिवाना गर्न थालेको छ ।

जेठ ४ गतेदेखि हालसम्म महाशाखाले उपत्यकामा यात्रु उभ्याएर बोक्ने १८ सिटभन्दा कम क्षमताका ५० भन्दा बढी मार्गका १५५ माइक्रोबस र ४९४ टेम्पोलाई कारवाही गरेको जानकारी महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्