
१३ जेठ २०७५, काठमाडौं
पशुपति फुडस (आँगन) अन्तर्गत कर्मचारीहरुको संगठनको रुपमा रहेको नेपाल स्वतन्त्र होटल तथा क्यासिनो मजदुर युनियनको आठौं अधिवेशन सम्पन्न भएको छ ।
अधिवेशनबाट राजेन्द्र प्रसाद भट्टको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित भएका छन् । निर्वाचित हुने पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्ष जीवन गिरी, उपाध्यक्ष बासुदेव भट्ट, कल्पना लामा, सचिव दिपक पौडेल, सहसचिब उषा श्रेष्ठ, कोषाध्यक्ष बिरेन्द्र मण्डल रहेका छन् ।
त्रिपुरेश्वरमा प्रधान कार्यलय रहेको पशुपति फुडसको काठमाडौमा पाँचवटा सहित पोखरा र बिराटनगरमा पनि शाखा रहेको छ । यो नेपाल बाहिर दुबई र न्युजिल्यान्डमा समेत संचालित छ ।
आज निर्वाचित यो कमिटी पशुपती फुडस (आँगन)को मुल इकाइ कमिटी हो ।