प्लाष्टिकमुक्त वडा बनाउने उद्देश्यका साथ बुनपा १० को सुकिलो अभियान सम्पन्न



१२ जेठ २०७५, काठमाडौं

बुनपा १० कपनले आयोजना गरेको मेरो आँगन म आफैँ सफा राख्छु भन्ने नाराका साथ सुकिलो अभियान सम्पन्न भएको छ ।

बुनपा १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा डब्लुभीएनका केन्द्रिय अध्यक्ष अक्कल तामाङ तथा बालउद्धार माविका व्यवस्थापक शिव कुमार वजगाँईले विशेष अतिथिको भूमिका निर्वाह गरेका थिए ।

प्रमुख अतिथि नवराज भट्टराईले फ्याँकिएका फोहोरबाट राम्रा समानहरु बनाउन सकिने र ति समानहरुले नेपालमा मात्र नभएर अन्तराष्ट्रिय रुपमा बजार पाउनुका साथै नगर तथा वडावासीले त्यस्ता खालका समानहरुको उत्पादन गरे वडाले बजारसम्म पुर्याउन सहयोग गर्ने बताएका छन् ।

उक्त कार्यक्रमकी ट्रेनर अनिता गौतम भन्छिन्, ‘तपाँईहरुले फालेका पत्रिकाबाट पेन्सील र प्लाष्टिकबाट जुक्ता बनाउन सकिन्छ । सबै खालका फोहोर लाई छुट्याएर राख्नुस् फोहोरबाट मोहोर कमाउन सकिन्छ ।’

‘मेरो आँगन म सफा राख्छु भन्ने भावना सम्पूर्णमा भएमा यो अभियान अगाडी बढ्नमा सहज हुने बताएका थिए । वडाले सहयोग गरे डब्लुभीएनले वडा नं. १० लाई देशकै नमूना वडा वनाउन सक्ने प्रतिबद्धता संस्थाका केन्द्रिय अध्यक्ष अक्कल तामाङले बताए ।

अनुगमन समितिका सदस्य देवी रेग्मी, महिला प्रतिनिधि रीता तामाङ नेकपाद्वय अध्यक्ष कुमार खरेल, प्रहरी प्रभाग कपनका प्रसनि अनिल सुब्बा र ट्राफिक प्रहरी प्रभाग कपनका प्रसनि खिलराज खतिवडा लगायत विभिन्न संघसंस्थाहरुका प्रतिनिधीहरुको उपस्थिति रहेको थियो ।

प्लास्टिक मुक्त वडा बनाउने मूल उद्देश्यका साथ सम्पन्न कार्यक्रमा सहभागीहरुलाई उद्यमशील महिला समूहले कपडाको झोला वितरण गरेको थियो ।

कार्यक्रमको उद्घाटन प्रमुख अतिथि नवराज भट्टराईले फूलमा पानी हालेर गरेका थिए । होम कुमारी दुलालको अध्यक्षता रहेको कार्यक्रममा महिला समूहकी सचिव टीका दाहालले कार्यक्रमको सञ्चालन गरेकी थिईन् ।

प्रतिक्रिया दिनुहोस्