
८ जेष्ठ २०७५, काठमाडौं
पुर्बी पहाडी जिल्ला भोजपुरमा हाब्रे अर्थात रेडपाण्डा भेटिएको छ ।षडानन्द नगरपालिका ९ किमालुंगमा उक्त दुर्लभ रेडपाण्डा फेला परेको हो ।
उत्तरी भोजपुरको षडानन्द नगरपालिका ९ किमालुङ्गमा रहेको भालुखोला सामुदायिक वनमा उक्त रेडपान्डा भेटिएको हो। हिजो बिहानको समयमा स्थानीय सामुदायिक वनको तिनसाझे भन्ने स्थानमा स्थानीय गणेश राईले एक रेड पाण्डा विरामी अवस्थामा भेटाएका थिए।
पहिले नै यस ठाउमा रेडपाडा पाइन्छ भन्ने हला भएता पनि यतिखेर रेड पाण्डा भेटिएसंगै उक्त ठाउमा दुर्लभ रेडपाण्डा रहेको प्रमाणित भएको छ ।
अचानक रेडपाण्डा दिङलामा बिरामी अवस्थामा ल्याई पुर्याइयो । दिङलामा सबैले उत्साहित भएर हेरे । मैले पनि हेरे तथा उपचार गरे तर अफसोच राम्रो भएन । भोजपुरमा रेड पाण्डा पाईने प्रमाण मात्र भयो षडानन्द नगरपालिकाका पशु डाक्टर तुल बहादुर राईले बताए । धुकधुकी मात्र रहेको अवस्थामा ल्याइएको पान्डालाई एन्टीबाइटिक, भिटामिन र स्लाइन दिए पनि बचाउन नसकिएको पनि राईले बताए ।
षडानन्द नगरपालिकाकि उपमेहर मेरिका राई भन्छिन्, हाम्रो नगरपालिका भित्र रेड पाण्डा पाउने हल्ला चलेता पनि त्यति पत्यार लाग्दैन थियो अब प्रमाणित भएको छ अब हामि सबै मिलेर यसको संरक्षण गर्न पहल कदमी गर्नेछौ ।
उपचार गर्दा गर्दै मृत्यु भएको उक्त पान्डालाई प्रहरी, स्थानीय र नगरपालिकाको रोहबरमा सर्जिबिन गरेर सुरक्षित स्थानमा गाडिएको पनि षडानन्द नगरपालिकाका उपमेयर राईले बताइन ।