यस्तो छ सरकारको नीति तथा कार्यक्रममा प्रस्तुत भएका विषयहरु  



७ जेष्ठ २०७५, काठमाडौं

सरकारले आर्थिक वर्ष २०७५/७६ को नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । संघिय संसदमा दुवै सदनको संयुक्त बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरे पछी रास्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

सरकारको नीति तथा कार्यक्रम अनुसार १० बर्षमा १० हजार र १५ बर्षमा १५ हजार मेगाहट विधुत उत्पादन गर्ने लक्ष रहेको छ । सबै प्रकारको सिन्डिकेट र कार्टेलिंगको अन्त्य गर्ने साथै सबै स्थानीय तहमा सुचना महामार्ग स्थापना गर्ने कार्यक्रम रहेको छ ।

राजमार्गमा कलात्म पुल बनाइने तथा एकीकृत सुरक्षा व्यावस्था लागु गर्ने पनि नीति तथा कार्यक्रममा समेटिएको छ । ३ वर्ष भित्र अन्तर्राष्ट्रियस्तरको खेल मैदान निर्माण गर्ने, सरकारलाई सुझाब दिन थिंक ट्यांक निर्म्मन गरिने, १ वर्ष भित्रमा देशलाई मध्यम स्थारको रास्ट्र बनाउने नीति तथा कार्यक्रममा प्रस्तुत भएको छ ।

१ बर्ष भित्रमा गौतम बुध्द विमानस्थलसंचालनमा ल्याउने, एकीकृत सुरक्षा कार्यक्रम लागु गर्ने, सबै संचार माध्यमहरुलाई निष्पक्ष र जिम्मेवार बनाइने तथा बालि लगाउनु अघि उखु, धान र गहुको समर्थन मूल्य तोकिने पनि क्सरकारको प्रथामिकतामा परेको छ ।

३ बर्ष भित्रमा भूकम्पले ध्वस्त पारेको धरहरा, रानीपोखरी, काष्ठमण्डप लगाएतका सम्पूर्णको पुनर्निमाण गरिने, मदन भण्डारी राजमार्ग निर्माण गरिने साथै विधुसी योगमाया आयुर्वेद विश्वविद्यालय बनाउने पनि सरकारको नीति तथा कार्यक्रममा समाबेस भएका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम ल्याइने, आर्गानिक नेपाल बनाउन कृषिमा आर्गानिक  उत्पादनलाई जोड दिने, ५ बर्ष भित्रमा कृषि उत्पादनलाई दोब्बर बनाइने तथा मुख्य शहरलाई हरित शहरका रुपमा विकास गरिने पनि नीति तथा कार्यक्रममा प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्