बुनपा १२ ले सार्वजनिक सुनुवाई गर्ने



०६ जेठ २०७५, काठमाडौँ

स्थानीय तहको निर्वाचनपछि जनप्रतिनिधिले कार्यभार सम्हालेको जेठ १० गते १ बर्ष पुग्दैछ । बुढानिलकण्ठ नगरपालिका वडा नं. १२ ले बर्षदिनभरी गरेका कामहरुको जानकारी दिन र आगामी वर्षको लागि जनताको सुझाव संकलन गर्दै कार्ययोजना बनाउनको लागि आगामी जेठ ८ गते मंगलबार बिहान ७ः३० बजे वडाकार्यालयमा सार्वजनिक सुनुवाई आयोजना गर्न लागेको छ ।

सुनुवाईमा वडा भित्रका स्थानीयवासी, बुद्धिजीवि, सामाजिक संस्थाका प्रतिनिधिहरु र बाल क्लबका विद्यार्थीहरु सबैलाई निमन्त्रणा गरेको जानकारी वडाध्यक्ष शम्भु भट्टराईले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्