
०४ जेठ २०७५, काठमाडौँ
निवर्तमान नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको बैठक स्थगित भएको छ । हिजो एक विज्ञप्ती जारी गर्दै अनेरास्ववियुकी अध्यक्ष नविना लामाले बैठक स्थगित गरेकी हुन् ।
यहि जेठ ४ र ५ गते काठमाडौँको किर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयमा अनेरास्ववियुले केन्द्रीय कमिटीको तेस्रो पुर्ण बैठक बोलाएको थियो । लामो समयपछिको बैठक भएको हुँदा सबै जिल्लाबाट केन्द्रीय नेताहरु बैठकको निम्ति काठमाडौँ आइसकेका थिए । किर्तिपुरस्थित बैठक हल पनि सजाइसकिएको थियो ।
बैठक हुने अघिल्लो दिननै एमाले र माओवादीले पार्टी विघटन गरी पार्टी एकतापछि नयाँ पार्टी नेपाल कम्युनिस्ट पार्टी बनाएको हुँदा अनेरास्ववियुले आफ्नो बैठक स्थगित गरेको अनेरास्ववियुका सचिव सुदेश पराजुलीले बताएका छन् ।
बैठकका लागि आएका नेतागणहरु बैठक स्थगनसँगै फर्किनु पर्दा सारै दुख लागेको तर नयाँ पार्टी निर्माणको खुसीमा सबैले यो दुख भुल्ने अर्का सचीव ओशिम आलमले बताए । पार्टी एकीकरण भएसँगै अब चाँडै अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) बिच एकता हुँदैछ ।