
०४ जेठ २०७५, काठमाडौँ
नेकपा एमाले र माओवादी केन्द्र एकीकरण भएर हिजो मात्र गठन भएको नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय तत्कालीन एमालेको अस्थायी केन्द्रीय कार्यालय धुम्बाराहीमा रहने भएको छ । पार्टीका जनसङ्गठन र जनसम्पर्कका कामहरु भने तत्कालीन माओवादीको केन्द्रीय कार्यलय पेरिसडाँडाबाट हुने नेकपाका केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले बताए ।
विघठित पार्टीका सूचनापाटीहरु आज झिकिने पनि श्रेष्ठले बताएका छन् । बिहीबार निर्वाचन आयोगमा दर्ता भएको पार्टीको नाम नेपाल कम्युनिष्ट पार्टी रहेको छ । नवगठित पार्टीको दर्ता नं पाँच हजार ६६६ रहेको श्रेष्ठले जानकारी दिए ।