पार्टी एकताको खुशीयालीमा युवा संघ काठमाडौंको दीप प्रज्जवलन (भिडियो सहित)



०३ जेठ २०७५, काठमाडौँ

नेकपा एमाले र माओवादी केन्द्रको एकताको खुशीयालीमा देशभर नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता तथा शुभेच्छुकहरुले दीप प्रज्जवलन गरेको समाचार प्राप्त भएको छ ।

युवा संघ नेपाल, काठमाडौँ जिल्ला कमिटिले एकता घोषणापछि काठमार्डौँको प्रदर्शनी मार्गमा सयौं युवा संघ कार्यकर्ताहरुले दीप प्रज्जवलन गरेका छन् । युवा संघ काठमाडौँ जिल्ला अध्यक्ष पेम्बा घलेको नेतृत्वमा भएको कार्यक्रममा नाराबाजी सहित घण्टौं दीप प्रज्जवलन गरेको युवा संघ काठमाडौँका सचिव मोहन गौतमले परिवर्तन खबरलाई जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्