
०२ जेठ २०७५, काठमाडौं
यहि जेठ १८ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘बेबी आई लभ यू’ ले ‘म्युजिकल्ली कम्पिटिसन’को घोषणा गरेको छ । जनक पाण्डे निर्देशित चलचित्र ‘बेबी आई लभ यू’ मा समावेश संवादमा म्युजिकल्ली गर्न सकिनेछ । म्युजिकल्ली गर्ने उत्कृष्ट एकलाई टिमले नगद रकम सहित पुरस्कार दिने घोषणा गरेको छ ।
निर्माता शिव न्यौपानेका अनुसार धेरै भ्युज पाउने एक जनालाई नगद पाँच हजारसहित चलचित्रको दुईवटा टिर्सट समेत दिने निर्माण युनिटले जनाएको छ । ‘बेबी आई लभ यू’मा सन्तोष खड्गी र पूजा तिवारीको मुख्य भूमिका रहेको छ भने सरोज खनाल, निर्मल शर्मा, राजु कमेडी, रेशम बुढाथोकी, अप्सन पन्थी लगायतको अभिनय देख्न सकिन्छ ।