नयाँ शक्ति पार्टीका उपाध्यक्ष सहित १७१ जना एमालेमा प्रवेश



०२ जेठ २०७५, काठमाडौं

नयाँ शक्ति पार्टीका १७१ जना सदस्य एमालेमा प्रवेश गरेका छन ।  नयाँ शक्ति पार्टी जिल्ला कमिटी सिन्धुलीका उपाध्यक्ष सरोज पुलामी सहित १७१ जना सदस्यले सामुहिक रुपमा नयाँ शक्ति पार्टी परित्याग गरी नेकपा एमालेमा समाहित भएका छन्।

नव प्रवेशीहरुलाई एक कार्यक्रमका बिच पार्टीमा प्रवेश गराइएको नेकपा एमाले सिन्धुली जिल्ला कमिटीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्