
०२ जेठ २०७५, काठमाडौं
नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले युवाहरुलाई तपाईहरुको पढ्ने बानी छ कि किताब देख्योकी हाईहाई काढ्ने बानी छ भनेर प्रश्न गरेका छन् । हिजो राजधानीको राष्ट्रिय सभा गृहमा युवा संघ नेपालको २८ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै नेता नेपालले युवाहरुलाई सो प्रश्न गरेका हुन् ।
तपाईहरुको बानी के छ ? किताब बोक्ने बानी छ कि पढ्ने बानी छ ? कि सिरानी मुनि किताब राखेर निदाउने बानी छ ? कि किताब देख्यो कि हाईहाई काढ्ने बानी छ ? भनेर प्रश्न तेर्साएका थिए । अब हामी अध्ययनशिल बन्न जरुरी छ, अध्ययन गरे मात्र संसार बुझ्न सकिन्छ संसार जान्न सकिन्छ भन्दै सबैलाई अध्ययनशिल बन्न सुझाव दिए ।
अध्ययन गरेर मात्र पनि हुदैन अब त्यो अध्ययन के का लागि भन्ने कुरा पनि बुझ्न आवस्यक छ । जबकी अध्ययन देश विकासको लागि, समाज सेवाको लागि हुनु जरुरत छ । संगठनलाई अगाडि बढाउने कुरामा होस् वा सबैलाई आफू निकट बनाउन, संगठित गर्न अध्ययनको ठुलो भूमिका हुन्छ । त्यसैले सर्वप्रथम अध्ययनलाई विशेष जोड दिन सबै युवाहरुलाई नेता नेपालले अनुरोध गरे ।
अब छिट्टै एक हुन लागेको दुई युवा संघ ( युवा संघ र ycl ) एक भएर राम्रो खुवीलाई एक बनाएर जानुपर्ने र नराम्रो खुवीलाई बागमतीमा लगेर बगाईदिई अगाडि बढ्न पनि नेपालले सुझाए ।