मान्छेको जस्तै दाँत भएको माछा भेटेपछि ! (भिडीयो सहित)



०१ जेठ २०७५, उत्तर अमेरिका

संयुक्त राज्य अमेरिकाको साउथ  क्यारोलिनास्थित  चार्लेस्टन  हार्बरमा  मान्छेकै जस्तो दन्तपंक्ति भएको माछा भेटिएको छ ।

माछा मार्ने सिलसिलामा पामेला र चाड होलब्रूकले यस्तो माछा भेटाएपछि सञ्चार माध्यममा जानकारी दिएका थिए । उनीहरुले बडो मिहिनेतसाथ उक्त माछा समातेको बताएका छन् ।

खासगरी गंगटाहरु चपाउन यस्तो दाँतले मद्दत गर्छ । अन्य पंक्ति मान्छेकै जस्तो भए पनि उक्त माछोको मुखभरि दाँतै दाँत रहेको देखिएको छ ।

यस्ता माछाहरु अमेरिकाको एटलान्टिक समुद्री किनारा, खाडीमा तथा न्युयोर्क सिटीको शिपशिड खाडीमा पनि पाइने बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्