
०१ जेठ २०७५, काठमाडौं
युवा संघ नेपालको २८ औं स्थापना दिवसमा हजारौंको सहभागीता सहित कार्यक्रम शुरु हुँदैछ ।
राजधानीको राष्ट्रिय सभा गृहमा युवा संघ नेपालको २८औं स्थापना दिवसको अवसरमा हुन लागेको उक्त कार्यक्रम पूर्वनिर्धारित समय १२ बजेबाट शुरु गर्ने भनिएता पनि प्राविधिक कारणले गर्दा १ बजेबाट १० हजार युवाहरुको सहभागितामा कार्यक्रम शुरु गर्न लागिएको युवा संघ नेपालका उपाध्यक्ष तथा केन्द्रीय जन परिचालन संयोजक पर्शुराम बस्नेतले बताए ।
कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले युवा संघको ब्यानर सहितको ड्रोन उडाएर उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, झलनाथ खनाल र एमाले महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।
उक्त कार्यक्रममा विभिन्न झाँकी सहित राष्ट्रिय स्तरका जनवादी कलाकारहरुको सांस्कृतिक कार्यक्रम पनि रहेको छ ।