
३१ वैशाख २०७५, काठमाडौं
कान्स फिल्म फेस्टिभलमा पहिलो दिनको चर्चा सेलाउन नपाउँदै दोस्रो दिन अझ फरक लुक्समा देखिईन् पूर्व विश्व सुन्दरी अर्थात बलिउड नायिका एश्वर्या राय बच्चन । पहिलो दिन डिजाइनर माइकल सिन्कोको गाउनमा सजिएकी ऐश्वर्या दोस्रो दिन रामी कादीको डिजाइन ‘सिल्भर गाउन’मा रेड कार्पेटमा छाउँदा राजकुमारी जस्तै देखिएकी थिईन् ।
ऐश्वर्याले आफ्नी छोरी आराध्यालाई किस गर्दै गरेको एक तस्विर इंस्टाग्राममा पोस्ट गरेकी छिन्। जसमा उनले ‘संसारको सबैभन्दा खुशी आमा’ भनेर क्याप्सन लेखेकी छिन्।