भोली हुने युवा संघ नेपालको २८ औ स्थापना दिवसमा हजारौंको सहभागीता हुने



३१ वैशाख २०७५, काठमाडौ

भोली हुने युवा संघ नेपालको २८ औ स्थापना दिवसमा हजारौको सहभागीता हुने युवा संघ नेपालले जनाएको छ ।

राजधानीको राष्ट्रिय सभा गृहमा युवा संघ नेपालको स्थापना दिवसको अवसरमा हुन लागेको उक्त कार्यक्रमको सम्पूर्ण तयारी पूरा भईसकेको युवा संघ नेपालका उपाध्यक्ष तथा केन्द्रीय जन परिचालन संयोजक पर्शुराम बस्नेतले बताए ।

भोली दिउँसो ठिक १२ बजेबाट शुरु हुने कार्यक्रमलाई नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसैगरी एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्रीद्वय माधव कुमार नेपाल, झलनाथ खनाल र एमाले महासचिव तथा रक्षामन्त्री ईश्वर पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्ने भएका छन् ।

उक्त कार्यक्रम सबै राष्ट्रवादी र न्यायप्रेमी नेपालीको कार्यक्रम भएको हुँदा उपस्थितिको लागि युवा संघ नेपालले सबैलाई सामाजिक संजाल तथा उपस्थितिको लागि निमन्त्रणा गरिसकेको हुँदा कार्यक्रम भब्य र सभ्य हुनेमा आफू आशावादी रहेको युवा संघ नेपालका अध्यक्ष रमेश पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्