पशुपतिनाथ मन्दिर नेपाल र भारतको साझा विरासत : मोदी



३० वैशाख २०७५ काठमाडौं

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपतिनाथको मन्दिर भारत र नेपालका हिन्दु धर्मावलम्वीको साझा धार्मिक विरासतको प्रतिक भएको बताएका छन् । उनले फेरी पशुपतिनाथको दर्शन गर्न पाउँदा खुशी व्यक्त गरे ।

पशुपतिनाथमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्दै मोदीले नेपाली र भारतीय जनताको जीवनमा शान्ति, प्रगति र समृद्धिको कामना गर्नुका साथै आफ्नो दर्शनको व्यवस्थापन मिलाउने पशुपति क्षेत्र विकास कोष र नेपाल सरकारप्रति आभार समेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्