‘कान्स फिल्म फेस्टिभल’मा एश्वर्याको चर्चा



३० वैशाख २०७५ काठमाडौं

बलिउडकी चर्चित नायिका एश्वर्या राय ‘बच्चन’ फेरी एक पटक चर्चामा आएकी छिन् । कारण यो वर्ष ‘कान्स फिल्म फस्टिभल’मा उनले लगाएको पहिरन रहेको छ ।

उनले महोत्सवको पहिलो दिन रेड कार्पेटमा मनिष अरोराको ‘अफ सोल्डर ड्रेस’ लगाएकी थिइन् भने त्यही दिन बेलुकी उनले मिसेल सिनको ‘स्लिवलेस ब्लू गाउन’ लगाएकी थिइन् । यो पहिरनमा ऐश्वर्या निकै आकर्षक देखिएकी थिइन् भने उनको स्टाइलले पनि सबैको ध्यान खिचेको थियो । ऐश्वर्यको साथमा उनकी छोरी पनि महोत्सवमा पुगेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्