नाकाबन्दी हामीले गरेका हौं, यसमा मोदीले किन माफी माग्ने : राजेन्द्र महतो



३० वैशाख २०७५ काठमाडौं

संविधान जारी भएपछि नेपालमा नाकाबन्दी लगाउने मोदी नै रहेको भन्दै भ्रमणको चर्काे विरोध भईरहेको बेला राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमण आफ्नो र मधेशको लागि निकै स्वागतयोग्य र गौरवको विषय रहेको दाबी गरेका छन् ।

एउटा छिमेकी राष्ट्र प्रमुखलाई नागरिक अभिनन्दन  गरेकोमा यसको विरोध गर्नुको कुनै अर्थ नरहेको महतोले बताए । अझै पनि नाकाबन्दीको विषयमा गलत बुझाई रहेको भन्दै महतोले भने, ‘नाकाबन्दी गर्नु हामीहरुको बाध्यता थियो । त्यसमा भारतको के दोष ?’

सीमामा अवरोध आफुहरुको माग पुरा गराउन बाध्यताबस भएको निर्णय भन्दै महतोले भने, ‘हिजो मधेसमा जुन आन्दोलन भयो, त्यो आन्दोलनको स्वरुप नाका अवरोध पनि थियो । नाका अवरोध हामीले निर्णय गरेर गरेको हो । यसलाई अनावश्यक रुपमा भारतसँग जोडेर, मोदीसँग जोडेर केही अर्थ छैन । हाम्रो आन्दोलनलाई भारतले मात्र होइन दुनियाले नै सहयोग गरेको थियो । तर नाकाबन्दी हामीले गरेको हौँ, यसमा मोदीले किन माफी माग्ने ?

प्रतिक्रिया दिनुहोस्